Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जान्छ, पैसा लिएर जानेहरुलाई लखेट्नुपर्छ: झलनाथ

कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जान्छ, पैसा लिएर जानेहरुलाई लखेट्नुपर्छ: झलनाथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७८ शनिवार • १८:५८:५२ बजे
  • 631
    SHARES
  • कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जान्छ, पैसा लिएर जानेहरुलाई लखेट्नुपर्छ: झलनाथ

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसका नेताहरुले बोरामा पैसा बोकेर चुनावमा जाने दावी गरेका छन् ।

    images

    एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले पैसा लिएर जानेहरुलाई ठाउँ ठाउँ लखेट्नुपर्ने पनि बताए ।

    नेता खनालले एकथरी नेताहरुको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको पनि आरोप लगाए । नेता खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए ।

    एमालेले पनि पैसाको बोरा लिएर जाने उनको भनाई थियो । ‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ ।

    कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन ।

    अर्को चुनावमा पक्का जित्छौं, अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन्’, नेता खनालले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology