Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसी आक्रमणमा युक्रेनको सैन्य हवाइ आधार ध्वस्त

रुसी आक्रमणमा युक्रेनको सैन्य हवाइ आधार ध्वस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७८ आइतवार • ०९:५४:३३ बजे
  • 1.2K
    SHARES
  • रुसी आक्रमणमा युक्रेनको सैन्य हवाइ आधार ध्वस्त

    एजेन्सी । रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ ।

    images

    रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ ।

    अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ ।

    हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology