Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ:पल शाह

गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ:पल शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७८ आइतवार • १३:५७:२९ बजे
  • 1.3K
    SHARES
  • गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ:पल शाह

    कलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् ।

    images

    नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।

    स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन।’ ‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो ।

    १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।

    घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् ।

    ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् ।

    सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

    अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology