Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेश

एमाले जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७८ आइतवार • १४:००:१६ बजे
  • 1.3K
    SHARES
  • एमाले  जिल्ला कमिटी सदस्य माओवादीमा प्रवेश

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउनुभएको छ ।

    images

    पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो ।

    आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागतका क्रममा अध्यक्ष दाहालले सो अआग्रह गर्नुभएको हो । 

    अवसरमा नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

    कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादीमा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology