Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको पूर्ण सुनुवाई चैत २० गते

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको पूर्ण सुनुवाई चैत २० गते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७८ आइतवार • १७:४८:१९ बजे
  • 802
    SHARES
  • माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको पूर्ण सुनुवाई चैत २० गते

    नेकपा एमाले छाडेका माधव नेपालसहित १४ जना सांसदविरुद्ध दायर भएको रिटको पूर्ण सुनुवाई चैत २० गतेका लागि तोकिएको छ ।

    images

    आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको पूर्ण सुनुवाइ गर्न मनासिव देखिएको भन्दै पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।

    आदेशमा भनिएको छ, ‘निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरुको निरुपण छिटोछरितो रुपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८÷१२÷२० गते आइतबारको पेशी पूर्ण सुनुवाइका लागि नियमानुसार गरी पेश गर्नू ।’

    एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई माधव कुमार नेपालसहित १४ सांसदविरुद्ध मुद्धा दायर गरेका थिए । अध्यक्ष ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पुनः कारबाहीका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेका थिए ।

    सभामुख सापकोटाले कुनै कारबाही अघि नबढाएको र आयोगले पनि दलको मान्यता दिएपछि अध्यक्ष ओली अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

    M1.jpg

    फैसला अब पूर्ण इजलासबाट


    सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । फैसलाका लागि भने मिति तोकिएको छैन् ।

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त मुद्दा फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको बताए । निवेदकको पक्षबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले अन्तरिम आदेश नआएको र फैसलाका लागि मिति तोक्ने आदेश भएको बताए ।

    ‘अन्तरिम आदेश आएको भए १४ सांसदले काम गर्न पाउने थिएनन् । तर, पूर्ण फैसलाका लागि मिति तोक्ने फैसला भएको छ । फैसलाका लागि मिति तोकिन्छ,’ बडालले भने ।

    एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत १७ भदौमा परेको रिट निवेदनमा पटक(पटक सुनुवाइ सर्दै आएको छ ।

    पटक(पटक पेसी चढेर हेर्न नभ्याइनेमा पर्दै आएको थियो । सर्वोच्चले उक्त मुद्दाउपर निकास नदिँदा संसद्समेत बन्धक छ । एमालेको अवरोधकाबीच संसद्ले आफ्नो कामकारबाही अगाडि बढाउनुपर्ने बाध्यता छ ।

    अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसद विमला वली र अजय शाहीलाई निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका वली र शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेको भन्दै एमाले अदालत गएको थियो ।

    त्यस्तै, एमालेले २५ साउनमा माधवकुमार नेपालसहित १४ जना सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र १ भदौमा संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    संसद् सचिवालयले निष्कासनको सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा ९एकीकृत समाजवादी० लाई दलको मान्यता दिएको थियो । त्यसपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँसेको थियो ।

    कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरूलाई सभामुखले पदमुक्त नगरेको भन्दै अहिले एमालेले संसद् अवरोध गर्दै आएको छ । एमालेले उनीहरूलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गर्दै आएको छ ।

    एमालेले नेकपा एसका सांसद्हरू माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेको थियो ।

    १८ भदौदेखि उक्त मुद्दामा निरन्तर बहस चल्दै आएको छ । यो बीचमा सातपटक हेर्न नभ्याउनेमा परेको थियो भने एकपटक स्थगित भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology