Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७८ सोमवार • १३:२७:०८ बजे
  • 1.0K
    SHARES
  • रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

    न्युयोर्क । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।

    images

    भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ ।

    चीनले रुसलाई निरन्तर सहयोग गरेमा उसलाई विश्वव्यापी रुपमा एक्ल्याउने सुलिभानले चेतावनी दिने एक अमेरिकी अधिकारीलाई हवला दिँदै सो समाचार संस्थाले जनाएको हो ।

    अमेरिका र अन्य देशका अधिकारीहरूले पछिल्ला सातामा चीनलाई स्पष्ट पार्न खोजेका छन् कि रुसको पक्षमा रहँदा उसले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनु पर्नेछ ।

    यसअघि अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोले रसिया निर्यातमा अमेरिकी प्रतिबन्धको उल्लंघन गर्ने चिनियाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने अमेरिकी उपकरण र सफ्टवेयरबाट काट्न सक्ने चेतावनी दिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # रुसलाई सहयोग गरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology