Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाऔँ : प्रचण्ड

सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाऔँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७८ सोमवार • १७:०९:५१ बजे
  • 664
    SHARES
  • सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाऔँ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउन अपिल गरेका छन् ।

    images

    सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले सदियौँदेखि नै काठमाडौँले सुदूरपश्चिमलाई हेपेको बताए ।

    “एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौँले जसरी विभेद र अपमानका साथ हेर्‍यो,” उनले भने,“अब त्यसलाई उल्ट्याउनु छ ।

    हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमार्फत् समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दियौँ । तर, अझै पनि त्यो पूर्ण भएको छैन ।” उनले देश समाजवादको यात्रामा अघि नबढेसम्म विभेद र अपमान अन्त्य नहुने पनि बताए ।

    “समाजवादको यात्रामा अगाडि नबढेसम्म सयौँ वर्षदेखि कायम विभेद र अपमानको अन्त्य हुँदैन । सुदूरपश्चिमले नेपालमा समुचित अधिकारसहितको सम्मान प्राप्त हुने प्रक्रिया पूरा हुने छैन ।”

    अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने, आधार इलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने र काठमाडौँलाई सन्देश दिने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए ।

    “हिजो जनवादी क्रान्तिमा सुदूरपश्चिमले त्यो विशिष्ट भूमिका नखेलेको भए नेपालमा संघीय गणतन्त्रको स्थापना हुने थिएन । त्यसैले त्यो बेलाजस्तो अहिले फेरि समाजवादी आन्दोलन र क्रान्तिका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।

    उनले अब नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरि सुदूरपश्चिमले वीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology