Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनमा रुसी हमलाः ह्वात्तै बढ्यो बजार भाउ

युक्रेनमा रुसी हमलाः ह्वात्तै बढ्यो बजार भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७८ मंगलवार • ११:३२:४३ बजे
  • 1.2K
    SHARES
  • युक्रेनमा रुसी हमलाः ह्वात्तै बढ्यो बजार भाउ

    एजेन्सी । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्वसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ , तर युद्धको असर रुसमा पनि गहिरो देखिएको छ ।

    images

    युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहँगी र अभावसँग जुधेका छन् । युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

    रुस निर्यात हुने सामाग्रीहरुमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरुले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् । रुसमाथि पश्चिमा देशहरुले वित्तिय दण्ड दिएका छन् ।

    अन्तर्र्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरुको दैनिकीमा असर परेको छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ ।

    धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् । पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ । मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

    २४ फेब्रुवरीदेिख सुरु भएको रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत बढेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology