Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

हाम्रो तौल बढी छ यो चुनाव जित्न केही गाह्रो छैन:ओली

हाम्रो तौल बढी छ यो चुनाव जित्न केही गाह्रो छैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७८ मंगलवार • १४:३९:१३ बजे
  • 835
    SHARES
  • हाम्रो तौल बढी छ यो चुनाव जित्न केही गाह्रो छैन:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निश्चित रुपमा जित्ने दावी गरेका छन् ।

    images

    मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।

    चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् ।

    आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’ अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए ।

    ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

    सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त क¥याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि क¥याक कुरुक म¥याक मुरुक पार्छौं ।’

  • सम्बन्धित विषय:

  • # हाम्रो तौल बढी छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology