Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

संसद अधिवेशन अन्त्यको सिफारिस : प्रधानन्यायाधीश विरुद्धको महाभियोग के हुन्छ ?

संसद अधिवेशन अन्त्यको सिफारिस : प्रधानन्यायाधीश विरुद्धको महाभियोग के हुन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७८ मंगलवार • १९:४४:४६ बजे
  • 1.5K
    SHARES
  • संसद अधिवेशन अन्त्यको सिफारिस : प्रधानन्यायाधीश विरुद्धको महाभियोग के हुन्छ ?

    सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँग फागुन १ मा संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।

    images

    बुधबारका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिदिएको छ । बुधबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । तर, महाभियोगको प्रकृया राम्रोसँग सुरु नहुँदै अधिवेशन अन्त्य हुने भएको हो ।

    प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको भए संसद अन्त्य भए पनि छानबिन प्रक्रिया अगाडि बढ्न सक्थ्यो तर प्रकृया नै सुरु नभएका कारण यसबारेको केही प्रकृया पनि अघि नबढ्ने भएको हो ।

    संसदमा सामान्य छलफल नै नभई अधिवेशन अन्त्य भएपछि राणाविरुद्धको महाभियोग सिफारिस समितिमा पठाउने प्रक्रिया रोकिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुले बताए । महाभियोग दर्ता भएसँगै राणा हाल निलम्बित अवस्थामा छन् ।

    प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर प्रकृया सुरु नहुँदा समस्या देखिएको छ । अब आगामी अधिवेशनमा मात्र यसबारेको छलफल प्रकृया सुरु हुने छ ।

    आगामी अधिवेशन बजेट अधिवेशन हुनेछ । उक्त अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने छ । ‘महाभियोगबारे सिफारिस समितिमा प्रस्ताव पठाइएको छैन । त्यसैले आगामी अधिवेशनमा महाभियोगबारेको प्रकृया अघि बढ्छ’ गुरुङले भने ।

    जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेट छलफल गरिसक्नुपर्ने भएकाले आगामी वैशाख मध्यतिर संसद अधिवेशन आह्वान हुन सक्ने सम्भावना रहन्छ ।

  • सम्बन्धित विषय:

  • # संसद अधिवेशन अन्त्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology