Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचनमा वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

निर्वाचनमा वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७८ मंगलवार • १९:४८:४३ बजे
  • 745
    SHARES
  • निर्वाचनमा वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।

    images

    गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे ।

    ‘अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो,’ उनले भने, ‘यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।’

    एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे।

    देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताउए।

    ‘एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ।’ मन्त्री खतिवडाले भने।

  • सम्बन्धित विषय:

  • # मन्त्री खतिवडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology