महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ ।