Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्दैछौँ : श्रमन्त्री श्रेष्ठ

नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्दैछौँ : श्रमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७८ बुधवार • १३:३४:४६ बजे
  • 928
    SHARES
  • नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्दैछौँ : श्रमन्त्री श्रेष्ठ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएइ ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

    images

    संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा क्रममा आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएइ ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

    वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको भन्दै उनले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने बताए ।

    उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए ।

    कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले युएइ सरकारसँग पनि आग्रह गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # श्रमन्त्री श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology