Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पार्टीभित्र अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दै गयो : प्रचण्ड

पार्टीभित्र अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दै गयो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७८ बुधवार • १९:१४:४८ बजे
  • 658
    SHARES
  • पार्टीभित्र अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दै गयो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्र अराजकता, गुटबन्दी हाबी भएको बताएका छन् ।

    images

    बुधबार काठमाडौँमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताए ।

    युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे ।

    त्यस्तै, उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाइ थियो ।

    उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहेपनि पार्टी विस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बताए ।

    त्यस्तै, उनले केही दल सेटिङ गरेर चुनाव जित्न सिपालु रहेको भन्दै उनले आगामी चुनाव पार्टीका लागि जीवन मरणको सवाल भएको धारणा राखे ।

  • सम्बन्धित विषय:

  • # पार्टीभित्र अराजकता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology