एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा एक अर्का बीच भौतिक रुपमा टाढा भए पनि रमाइलो गरी समय बिताइरहेका छन् । उनीहरुका सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरहरु समाचार बन्ने गरेका छन् । विराट अहिले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) टीमसँग यूएईमा छन् ।
उनको ६ दिनको क्वारेन्टिनको समय बिहिवार सकिएको छ । उनले हालै दुबैको एक तस्विर ट्वीट गर्दै आफूहरु अब दुईबाट तीन बन्न गइरहेको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘जनवरी २०२१ म हामी दुईबाट तीन बन्न गइरहेका छौं ।’ दुबैले सोही ट्वीट गरेका छन् ।
उनीहरुको विवाह सन् २०१७ डिसेम्वर ११ मा भएको थियो । उनीहरुले इटालीमा विवाह गरेका थिए । त्यसैगरी आरसीबीले पनि ट्वीट गर्दै बिराटलाई बाबु बन्न गएकोमा बधाई दिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पनि बधाई दिएको छ ।
अभिनेत्री शर्माले फ्रान्सेली महान् दार्शनीक तथा कवी भिक्टर ह्युगोको ‘अरुलाई प्रेम गर्नु भगवानको मुहार हेर्नु हो’ भन्ने प्रसिद्ध भनाई आफ्नो इन्स्ट्राग्राममा पोस्ट गर्दै आफ्नो विवाहको फोटो पोस्ट गरेकी छन् ।