Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आगामी निर्वाचनमा ‘कलम’ चुनाव चिह्नले कमाल गर्छ:अध्यक्ष नेपाल

आगामी निर्वाचनमा ‘कलम’ चुनाव चिह्नले कमाल गर्छ:अध्यक्ष नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३, २०७८ बिहिवार • १८:३५:०३ बजे
  • 901
    SHARES
  • आगामी निर्वाचनमा ‘कलम’ चुनाव चिह्नले कमाल गर्छ:अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन् ।

    images

    होलीको अवसरमा विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिने बताएका हुन् ।

    त्यस्तै उनले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पारे । आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने उनले बताए ।

    अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए ।

    उनले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

     

  • सम्बन्धित विषय:

  • # राजीनामा दिनुपर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology