नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारेका छन् ।
प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछिसम्म नै कायम रहने बताउदै एमालेसँग गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन बोल्न थालेको भन्दै नेपाली काँग्रेसको पनि भर पर्न नहुने समेत तर्क गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै नेता कार्यकर्ताहरुलाई आफ्नै एजेण्डा बोकेर निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
उनले एमसीसीका कारण गठबनधनमा केही विचलन देखिएजस्तो देखिएपनि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको दाबी गरेका छन् ।