नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सिन्धुली जाँदै छन् ।
माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार दिउँसो सिन्धुली जान लागेका हुन् ।
प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भोलि पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
भवन निर्माणमा झन्डै ३ करोड खर्च भएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ ।