Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आठ महिनामा साढे ४ खर्ब बढी कर्जा

आठ महिनामा साढे ४ खर्ब बढी कर्जा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७८ शनिवार • ०८:३५:४९ बजे
  • 1.2K
    SHARES
  • आठ महिनामा साढे ४ खर्ब बढी कर्जा

    चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।

    images

    आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप बढेकोमा माघ फेरि ह्वात्तै घटेको थियो । फागुनमा आएर २२ अर्ब निक्षेप बढेको थियो । कर्जा भने प्रत्येक महिनाजसो बढ्ने क्रममा नै रहेको छ । फागुन महिनाभरिमा २२ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब कर्जा विस्तार गरेका छन् ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुनभन्दाका अघिल्ला महिनामा यति अंकमा निक्षेप संकलन बढेको थिएन । माघ मसान्तसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन मसान्तसम्म आइपुग्दा ४३ खर्ब ३३ अर्ब पुगेको छ । सो महिनामा नेपाली मुद्रामा कुल १९ अर्ब संकलन भएको थियो भने विदेशी मुद्रामा २ अर्ब थपेको थियो ।

    त्यस्तै, माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा नेपाली मुद्रामा ४७ अर्ब कर्जा विस्तार भएको तथ्यांक नेपाल बैंकर्स एसोसिएसनको रहेको छ । विदेशी मुद्रामा कर्जा भने फागुनमा ३० अर्बले घटेको छ ।

    माघ मसान्तसम्म ८२ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा ५२ अर्बमा सीमित भएको छ । फागुनमा अन्तिम सातामा मात्र ७ अर्ब निक्षेप संकलन भएको र ३ अर्ब कर्जा विस्तार भएको नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएको थियो भने ३७ खर्ब २१ अर्ब कर्जा विस्तार भएको थियो ।

    फागुन मसान्तसम्म निक्षेप ४३ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा ४१ खर्ब ७२ अर्ब पुगेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुन महिनामा १० वटा बैंकको निक्षेप रकममा कमी आएको छ भने अन्य १७ वटा बैंकको निक्षेप वृद्धि भएको छ । फागुन महिनामा माछापुच्छ«े बैंकले सबैभन्दा बढी ४ अर्ब ८१ करोडले निक्षेप रकम वृद्धि गरेको छ ।

    गत माघमा १३७ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको यो बैंकले फागुनमा सो रकम बढाएर एक १ सय ४६ अर्ब पु¥याएको हो । त्यस्तै, स्यान्डर्ड चाटर्ड बैंकको निक्षेप ४ अर्ब २ करोड, प्रभु बैंकको ३ अर्ब ७८ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ३ करोड रुपैयाँ, एनआई एसिया बैंकको ३ अर्ब ४ करोड, मेगा बैंकको २ अर्ब ७२ करोड रुपैयाँ र सानिमा बैंकको २ अर्ब १३ करोडले निक्षेप बढेको छ । निक्षेप वृद्धि गर्ने अन्य बैंकमा कृषि विकास बैंक, बैंक अफ काठमान्डू, सिजिटन बैंक इन्टरनेसनल, ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, प्रभु बैंक र सनराइज बैंक रहेका छन् ।

    फागुनमा सर्बाधिक बढी नबिल बैंक लिमिटेडको निक्षेप घटेको छ । नबिलको माघ महिनाको तुलनामा फागुनमा २ अर्ब ७८ करोड रुपैयाँले निक्षेप घटेको हो । त्यस्तै, एभरेस्ट बैंकको निक्षेप रकम २ अर्ब २५ करोड र सिद्धार्थ बैंकको निक्षेपा १ अर्बले घटेको छ । निक्षेप घटेका अन्य बैंकमा सिभिल बैंक, हिमालयन बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंक र प्राइम बैंक रहेका छन् ।

    फागुन महिनामा १० वटा बैंकको कर्जा लगानी घटेको छ भने बाँकी सबै बैंकले कर्जा लगानी गरेको छ । माघमा २ खर्ब १५ अर्ब कर्जा लगानी गरेको राष्ट्रिय वाणिज्य बैंकले फागुनमा सो रकम सर्वाधिक बढी ७ अर्ब ७ करोड रुपैयाँले बढाएर २ खर्ब २२ अर्ब पु¥याएको छ । एनआईसी एसियाले फागुन महिनामा २ अर्ब ७३ करोड रुपैयाँले कर्जा बढाएको छ ।

    यसैगरी, नेपाल बैंकले १ अर्ब ८४ करोड रुपैयाँ, सिटिजन बैंकको १ अर्ब ७० करोड रुपैयाँ, मेगा बैंकको १ अर्ब ६२ करोड रुपैयाँ, एभरेस्ट बैंकको १ अर्ब ५८ करोड, नबिल बैंकको १ अर्ब ४८ लाख रुपैयाँ र कृषि विकास बैंकको कर्जा लगानी १ अर्ब ३३ करोड रुपैयाँले वृद्धि भएको छ ।

    कर्जा लगानी बढाउने अन्य बैंकमा कुमारी बैंक, सानिमा बैंक, प्राइम बैंक, प्रभु बैंक, एनएमबि बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमान्डू र सेन्चुरी बैंक रहेका छन् । फागुन महिनामा सनराइज बैंकले सर्वाधिक बढी १ अर्ब १७ करोड रुपैयाँले कर्जा लगानी घटाएको छ ।

    त्यस्तै, १ अर्ब ५१ करोड रुपैयाँ र स्टान्डर्ड चाटर्ड बैंकले १ अर्ब रुपैयाँले कर्जा लगानी घटाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ६४ करोड, नेपाल एसबीआई बैंकले ३३ करोड, सिद्धार्थ बैंकले ४३ करोड, लक्ष्मी बैंकले ७० करोड, हिमालयन बैंकले ८१ करोड, ग्लोबल आईएमई बैंकले ६१ करोड र सिभिल बैंकले ७९ करोड कर्जामा लगानी घटाएका छन् ।

    समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # साढे ४ खर्ब बढी कर्जा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology