Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव सही छ:योगेश भट्टराई

विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव सही छ:योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७८ शनिवार • ०८:४३:२३ बजे
  • 586
    SHARES
  • विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव सही छ:योगेश भट्टराई

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव राम्रो भएको बताएका छन् ।

    images

    नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने भन्दै गरेको प्रस्ताव अत्यन्तै वस्तुवादी र सहि भएको जनाएका हुन् । उनले विप्लवको उक्त प्रस्ताव ‘नेपाली धर्तीको मार्क्सबादी बिचार पनि हो’ भनेका छन् ।

    करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनबाद हुँदै आजको नेकपा एमाले निर्माण भएको नेता भट्टरार्यले बताएका छन् ।

    बुर्जुवाहरुसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र बैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा भएको उनले उल्लेख गरेका छन् ।

    समाजवादसम्म पुग्नेबाटो बाटो सबै कम्युनिष्टहरुको निर्वाचननै भएको बताउदै उनले एकीकृत रुपमा ध्रुवीकरण हुनुुपर्ने बताएका छन् । नेता भट्टराईले नेपाली जनताको अपेक्षा पनि कम्युनिष्ट एकता नै भएको दावी गरेका छन् ।

    नेकपा माओवादीसँग चोइटिएर गठन भएको विप्लव नेतृत्वको नेकपाले यसअघिका निर्वाचनहरु बहिस्कार गर्दै आएको छ । शुक्रबारको आन्तरिक बेठकमा विप्लवले पार्टीका नेताहरुलाई आगामी निर्वाचनमा भाग लिने प्रस्ताव गरेका थिए ।

    विप्लव नेतृत्वको नेकपाको बैठक आजपनि बस्दै छ । आजको बैठकले निर्वाचनमा भाग लिने या नलिनेबारे विप्लवले निर्णय लिनसक्ने अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology