Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड,नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड,नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७८ शनिवार • ०८:५३:०६ बजे
  • 1.2K
    SHARES
  • विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड,नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा

    फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो ।

    images

    वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।

    सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।

    यस्तो छ नेपालको अवस्था नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् ।

    नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ ।

    अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # खुशी देश फिनल्यान्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology