Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ: बाबुराम

प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ: बाबुराम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • ०९:२३:४८ बजे
  • 1.5K
    SHARES
  • प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ: बाबुराम

    स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्‍वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ ।

    images

    निर्धारित मितिअनुसार स्थानीय तहको चुनाव हुन अब ५५ दिन बाँकी छ । काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।

    पार्टीदेखि मात्रै होइन, स्वतन्त्र उम्मेद्वारको पनि चर्चा चलिरहेको छ । चर्चित र्‍यापर बालेन शाहले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका थिए ।

    यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने मिल्ने बताएका छन्।

    एक ट्वीटर प्रयोगकर्ताले बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेकी छन् ।

    सम्झना नाम गरेकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्– ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला ?

    B1.JPG

    कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झिँन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो ? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुराम जस्ता आँट भएका मान्छे न आइ बन्दै बन्दैन ।’

    यसको जवाफ दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पनि पेस गरेका छन् । उनले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् ।

    भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ । फ्रान्सका पूर्वप्रधानमन्त्री Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन् । म सधैँ साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख /मेयर बन्नोस् । कसैले सुने पो । हाम्रो संस्कार जो छ ।’

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology