Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओली–नेपाल व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप

ओली–नेपाल व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • ०९:३२:५० बजे
  • 1.1K
    SHARES
  • ओली–नेपाल व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप

    करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोप-प्रत्यारोप चल्दै आएको छ।

    images

    पार्टी विभाजन यता दुई नेताबीच अहिलेसम्मै आरोप-प्रत्यारोप चल्दै आएको हो। यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ। शनिबार यी दुई नेताले फरकफरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप–प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए।

    एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रामक बनिरहँदा माधव नेपाल भने गोरखा पुगेर ओलीमाथि खनिएका थिए।

    नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई ओलीले संसदबाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए। तर त्यही बेला ओलीले भने माधव नेपालले एमालेलाई दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए।

    हरेक सार्वजनिक कार्यक्रममा यी दुई नेता आफूलाई केन्द्रमा राख्दै आरोपप्रत्यरोपमा उत्रिने गरेका छन्।

    एमालेका अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई सार्वजनिक रूपमा व्यक्तिगत गाली गर्दै आएका छन्।

    याे खबर नागरिक दैनिकमा छ।

  • सम्बन्धित विषय:

  • # आरोप-प्रत्यारोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology