Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसिसीले रोजगारी र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ : गृहमन्त्री

एमसिसीले रोजगारी र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ : गृहमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • ०९:५३:०८ बजे
  • 949
    SHARES
  • एमसिसीले रोजगारी र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ : गृहमन्त्री

    एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहुँदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो ।

    images

    नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ ।”

    कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँ भन्नुभयो, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।”

    उहाँले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताउनुभयो ।

    लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउनुहुँदै प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो“जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ ।”

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology