एजेन्सी । युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जवाफ दिएको छ ।
आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले गरेको प्रस्ताव युक्रेनले अस्वीकार गरेको हो ।
युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताइन् ।
रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन् ।
मस्कोले सोमवारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ । कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ।
मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले बीबीसीसँग कुरा गर्दै मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताए ।