एजेन्सी, बेइजिङ । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाईजहाज दुर्घटनामा परेको छ ।
युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृधृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ ।
अधिकारीहरुले उद्धारको काम भइरहेको बताएका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।