Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डको याद आयो

प्रचण्डको याद आयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • १६:४३:४१ बजे
  • 2.5K
    SHARES
  • प्रचण्डको याद आयो


               #प्रचण्डको_याद_आयो

    दुर्जनलाई देख्दा आज प्रचण्डको याद आयो
    क्रान्ति सम्भव छैन भन्ने भगौडाको याद आयो

    जनसेनाको हातबाट बन्दुक खोस्या याद आयो
    बर्बाद भई युवाहरू खाडी पस्दा याद आयो

    सहिदको रगतलाई बिक्री गर्या याद आयो
    प्रभुहरूले के गर्ने हुन् फिक्री गर्या याद आयो

    बेपत्तालाई झन् बेपत्ता पार्न खोज्या याद आयो
    क्रान्ति सुदूर भविष्यमा सार्न खोज्या याद आयो

    घुँडा धसी संसदवादलाई ढोग गर्या याद आयो
    जनतालाई रुवाएर मोज गर्या याद आयो

    लुकीलुकी मालिकलाई भेट गर्या याद आयो
    क्रान्तिकारी योद्धाहरूको गला रेट्या याद आयो

    जनताको सरापले लुलो भा´को याद आयो
    हेर्दाहेर्दै जनक्रान्तिमा धुलो भा´को याद आयो।।
            
            २७ पुस, २०७६, नख्खु कारागार, ललितपुर

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology