Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको राजधानी किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

युक्रेनको राजधानी किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • ०८:४८:१० बजे
  • 1.2K
    SHARES
  • युक्रेनको राजधानी  किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

    किभ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

    images

    बिस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।

    बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ ।

    २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology