Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देशमा वाम भन्ने चिज नै छैन, के को एकता :ओली

देशमा वाम भन्ने चिज नै छैन, के को एकता :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • ०९:२२:१४ बजे
  • 988
    SHARES
  • देशमा वाम भन्ने चिज नै छैन, के को एकता :ओली

    नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा वाम एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने भनी आएको प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीरका गरिदिएका छन् ।

    images

    एमाले नेता घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताले बैठकमा वाम एकताको प्रस्ताव राख्दा अध्यक्ष ओलीले देशमा कुनै वाम नै नभएको भन्दै एकता नहुने बताए ।

    बैठक समापन गर्दै अध्यक्ष ओलीले भने, ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ? वाम भन्ने चिज नै छैन । अहिले वामपन्थी एकता हुँदैन ।

    चुनावी एकता हुन्छ ।’ सोमबार बसेको बैठकले आगामी वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनि गर्ने र उम्मेदवार छान्न विभिन्न मापदण्ड अपनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology