Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • ०९:४६:११ बजे
  • 967
    SHARES
  • पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

    पूर्वमन्त्री तथा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेमबहादुर सिंह र अभिनेत्री करिष्मा मानन्धर आज नेकपा (एमाले)मा प्रवेश गर्दै छन् । पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो ।

    images

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (थापाथली)मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    सिंह २०७३ सालमा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका थिए ।

    यस्तै अभिनेत्री मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन् । तर, पछि निष्क्रिय रहिन् ।

    अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # एमालेमा प्रवेश गर्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology