Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद् हेरफेर हुने सम्भावन छ: प्रचण्ड

मन्त्रिपरिषद् हेरफेर हुने सम्भावन छ: प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • १३:५९:५७ बजे
  • 1.3K
    SHARES
  • मन्त्रिपरिषद् हेरफेर हुने सम्भावन छ: प्रचण्ड

    सत्ता साझोदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍मा हेरफेर हुन सक्ने बताएका छन् । पार्टीले आयोजना गरेको चुनाव लक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान जनकपुर पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषद्‍मा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिएका हुन् ।

    images

    “मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावना चाहिँ छ,” उनले भने,“केही मन्त्रालयल हेरफेर हुने सम्भावना पनि छ, केही नयाँ आउने सम्भावना पनि छ ।”

    हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममै मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने प्रचण्ड बताए ।

    प्रधामन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।

    “पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौँ ।

    अब चाहिँ मन्त्रिपरिषद्‍मा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ,” उनले भने । उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको बताए ।

    एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology