Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनको मूल्य १ लाख नाघ्यो

सुनको मूल्य १ लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • १४:०१:४२ बजे
  • 979
    SHARES
  • सुनको मूल्य १ लाख नाघ्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ ।

    images

    अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ ।

    यसको मूल्य सोमबार प्रतितोला रु ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मूल्य १ लाख नाघ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology