Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगे संगै, पीडिलाई राहत र सम्मान दिन प्रचण्डले गरे प्रधानमन्त्रीसँग माग

जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगे संगै, पीडिलाई राहत र सम्मान दिन प्रचण्डले गरे प्रधानमन्त्रीसँग माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • १४:०६:४८ बजे
  • 940
    SHARES
  • जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगे संगै, पीडिलाई राहत र सम्मान दिन प्रचण्डले गरे प्रधानमन्त्रीसँग माग

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरुलाई उचित राहत तथा सम्मान दिलाउन माग गरेका छन् ।

    images

    आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै उनले द्वन्द्वका क्रममा घाइते भई अपांग भएकाहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न माग गरेका छन् । पाँचबुदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै उनले द्वन्द्व पीडित तथा शहीदहरुका परिवारलाई उ राहत र सम्मान उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

    यी हुन् पाँचबुँदे माग-

    सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,


    सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरूलाई सूचीकृत गर्ने,


    सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,


    जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,


    सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

     

    जनयुद्धका घाइते भक्त रानालाई भेट्न वीर अस्पताल पुगे प्रचण्ड

     नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्वजनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका हुन् ।

    मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुवै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

    अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ ।

    अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    राना काभ्रेको महाभारत गाउँपालिका निवासी हुन् ।

  • सम्बन्धित विषय:

  • # जनयुद्धका घाइते भेट्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology