Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेले नचाहिँदो काम गर्दैन,भ्रष्टाचार अरुले गर्छन्, दोष एमालेलाई लगाउँछन् : ओली

एमालेले नचाहिँदो काम गर्दैन,भ्रष्टाचार अरुले गर्छन्, दोष एमालेलाई लगाउँछन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • २०:२३:३५ बजे
  • 1.2K
    SHARES
  • एमालेले नचाहिँदो काम गर्दैन,भ्रष्टाचार अरुले गर्छन्, दोष एमालेलाई लगाउँछन् : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेका सरकारजस्तो अन्य कुनै सरकारले काम गर्न नसकेको दाबी गरेका छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    images

    “आउँदो निर्वाचनमा हामी बहुमत ल्याउँछौँ र यो देशका लागि बहुमत ल्याउनुपर्छ । त्यसका लागि लाग्नुस्,” उनले भने,“हामीले विगतमा नै धेरै काम गरेका छौँ ।

    जनताको विभिन्न क्षेत्रमा काम गरेका छौँ ।” अध्यक्ष ओलीले आफूहरुको पार्टीमा दिनदिनै बढिरहेका बताएका छन् । “अहिले एमालेमा ९ लाख कार्यकर्ता छन् । यति धेरै साथीहरु अटाएका छन् । एमालेको संख्या बढेको बढ्यै छ,” उनले भने,“एमाले दिनदिनै बढिरहेको छ ।

    सबै साथीहरुलाई यसमा अटाएर लैजान्छौँ ।” उनले एमालेले नचाहिँदो काम नगर्ने पनि बताएका छन् । “वाइड बडी खरिद गर्दा भ्रष्टाचार अरु गर्छन् अनि दोष एमालेलाई लाउँछन्,” उनले भने,“हामी दायाँ बायाँ गर्दैनौँ । देशको समृद्धि र जनतालाई सुखी राख्ने काममा लागेका छौँ ।”

    ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुवात आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।

    अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए ।

    ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology