Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्लीमा हमला गर्ने तालिबानले दियो चेतावनी, तनावमा दिल्ली प्रहरी

दिल्लीमा हमला गर्ने तालिबानले दियो चेतावनी, तनावमा दिल्ली प्रहरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७८ बुधवार • ०९:१२:५९ बजे
  • 1.2K
    SHARES
  • दिल्लीमा हमला गर्ने तालिबानले दियो चेतावनी, तनावमा दिल्ली प्रहरी

    भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    images

    भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा हमलाको धम्की दिने तहरीक–ए–तालिबानको इन्डिया सेल हो । तहरीक–ए–तालिबानको इन्डिया सेललले हमला गर्नेबारे इमेलमा खबर पठाएको बताइएको छ ।

    इमेलमा बम बिस्फोट गराउने सम्मको धम्की प्राप्त भएको बताइएको छ । उक्त इमेल प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।

    मंगलबार रातिदेखि नै दिल्ली प्रहरीले सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाउन थालेको छ । दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक–ए–तालिबानले ईमेलमार्फत धम्की पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    अहिले दिल्लीका संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था रहेको छ । मंगलबार राति सरोजिनी नगर मार्केटमा घण्टौँसम्म सर्च अपरेसन चलाइएको थियो ।

    दिल्ली प्रहरीले इमेल पठाउने व्यक्तिको ट्रयाकसमेत पहिल्याउन खोजिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # तनावमा दिल्ली प्रहरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology