Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीले देखेका एमाले विजयका १८ आधारहरू

ओलीले देखेका एमाले विजयका १८ आधारहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७८ बुधवार • १९:०६:२४ बजे
  • 946
    SHARES
  • ओलीले देखेका एमाले विजयका १८ आधारहरू

     नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा सुरु केन्द्रीइ कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

    images

    विभिन्न पाँच बुँदामा समेटिएको उक्त प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी गरेका छन् ।

    उनले स्थानीय तह निर्वाचनमा जितका लागि एमालेसँग पर्याप्त आधार रहेको पति बताएका छन् ।

    “यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो,” उनले भनेका छन्,“पाँच दलीय गठबन्धनका काराण नेकपा (एमाले) डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ । तर, मोर्चा सामथ्र्यको प्रतिक होइन, कमजोरीको द्योतक हो । हामीसँग जितका पर्याप्त आधार छन् । घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच हामी जित निकाल्छौँ ।”

    यस्ता छन् ओलीले उल्लेख गरेका विजयका आधार

    पार्टी सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा


    राष्ट्रिय स्वधीनता, भौगोलिक अखण्डता, स्वभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधरण योगदान


    केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन


    स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका


    राज्यका हरेक अंगमा न्यूनतम एकतिहाइ महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान


    नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद
    नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान
    प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिकलगायत कार्यक्रम


    तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत् गरिएको लागानी एवम् सुनकोसी मरिन र भेरी बबई डाइभर्सन जस्ता रुपान्तरणकारी योजनाको थालनी


    एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरु


    सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिका


    पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्वपूर्ण काम


    भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दुरगामी महत्वका रणनीतिक योजनाहरुको थालनी


    संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरु, मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरुको निर्माण


    नेकपा (एमाले) नेतृत्वको सकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास, स्वास्थ्य बीमा योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामहरुको थालनी


    महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका


    भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता


    सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानका ठुलो सफलता, आदि ।

  • सम्बन्धित विषय:

  • # विजयका १८ आधारहरू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology