Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतबाट बिजुली आयात ठप्प

भारतबाट बिजुली आयात ठप्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • ०८:५६:१० बजे
  • 1.0K
    SHARES
  • भारतबाट बिजुली आयात ठप्प

    नेपाल विद्युत् प्राधिकरणले दुई दिनदेखि भारतबाट बिजुली आयात गर्न सकेको छैन। भारतमा बिजुलीको मूल्य अकासिएका कारण आयात गर्न नसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए। ‘हामीले कम मूल्यमा बिड गरेका कारण नपरेको हो।

    images

    बढीमा भारतीय रुपैयाँ ३ प्रतियुनिटमा बिजुली पाइरहेकामा २ दिनदेखि भारतीय रुपैयाँ २० सम्म बिजुली बिक्री भइरहेको छ,’ भट्टराईले भने।

    रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण आयातीत कोइलाको भाउ महँगो हुँदा भारतमा नै उत्पादन घटेकाले नेपालले बिजुली नपाएको हो।

    भारतबाट बिजुली नआउँदा मंगलबारदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ। बुटवल, वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रमा बिजुली लोड घटाएको प्राधिकरणले जानकारी दिएको छ।

    औद्योगिक क्षेत्रमा लोडसेडिङभन्दा पनि लोड कम गरेको प्रवक्ता भट्टराई बताउँछन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतबाट बिजुली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology