Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका टेक विश्वकर्मा निर्वाचित 

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका टेक विश्वकर्मा निर्वाचित 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • ०९:५७:४७ बजे
  • 1.7K
    SHARES
  • नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका टेक विश्वकर्मा निर्वाचित 

    नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दी मंगलाका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । 

    images

    नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने सहसचिब पदमा निर्वाचित हुनुभएको हो ।

    जनयुद्ध देखि नै सक्रिय राजनीतिमा लाग्नु भएका टेकबहादुर विश्वकर्मा म्याग्दीमा दलित समुदायको लोकप्रिय नेता मानिन्छन् । 

    mouist.jpg

    गत मंसिर २७ गते सम्पन्न अधिवेशनले माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ ‘कुसुम’ सर्वसम्मत भएपनि अन्य पदहरुमा सर्वसम्मत नभएपछि पूर्ण बैठकबाट टुंगो लगाउन खोजिएपनि सर्वसम्मत नभएपछि मतदान भएको थियो । 

    मतदानबाट उपाध्यक्षहरुमा गुणाखर बस्याल, मित्रशरण शर्मा, ज्ञामनाथ गैह्रे, सचिबमा जगन्नाथ खनाल, सहसचिबमा म्याग्दीका टेकबहादुर विश्वकर्मा, मेख बहादुर भण्डारी, अतिन्द्रकेशरी न्यौपाने र कोषाध्यक्षमा तारा भुषाल निर्वाचित हुभएको छ ।

    उपाध्यक्षमा ६ जना, सचिबमा दुई जना, सहसचिबमा ६ जना र कोषाध्यक्षमा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology