Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट १२ जनाको मृत्यु हुनेको संख्या १९५ पुग्यो

कोरोनाबाट १२ जनाको मृत्यु हुनेको संख्या १९५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • १७:२६:२१ बजे
  • 1.2K
    SHARES
  • कोरोनाबाट १२ जनाको मृत्यु  हुनेको संख्या १९५ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    मन्त्रालयका अनुसार चारजना महिलामध्ये मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिलाको ज्यान गएको छ । त्यस्तै पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय पुरुषको ज्यान गएको छ ।

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पनि ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ९ सय २७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ९ सय २७ जनासहित देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये २० हजार २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने १९५ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology