Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

चुनावी क्षेत्रमा प्रचण्ड : चेपाङ बस्तीदेखि पुल र सडक उद्घाटन

चुनावी क्षेत्रमा प्रचण्ड : चेपाङ बस्तीदेखि पुल र सडक उद्घाटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • १३:२३:२२ बजे
  • 787
    SHARES
  • चुनावी क्षेत्रमा प्रचण्ड : चेपाङ बस्तीदेखि पुल र सडक उद्घाटन

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन् ।

    images

    बिहीबार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन् ।

    माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन् ।

    यस क्षेत्रमा ४१ परिवारका लागि घर निर्माण हुँदै छन् । जसमध्ये १८ घर निर्माण सम्पन्न भएका छन् ।

    त्यस्तै, प्रचण्डले बिहीबार नै परवी खोला पुलको उद्घाटनसमेत गरेका छन् । यसैगरी, उनले माडी नगरपालिका वडा नम्बर २ मा कालोपत्र सडकको समेत उद्घाटन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # पुल र सडक उद्घाटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology