Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने

ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७८ बिहिवार • १३:२६:४९ बजे
  • 952
    SHARES
  • ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने

    नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ।

    images

    बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।

    यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

    केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा बोल्न पाउने छैनन्।

    केन्द्रीय सदस्यले ओलीको प्रतिवेदनमा लिखित सुझाव दिन पाउने व्यवस्था गरिएको छ।

    आजको बैठकमा सिपिएन युएमएल एप सार्वजनिक गर्ने र ओलीले मन्तव्य राख्ने कार्यसूची छ।

    स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठक आजै सकिनेछ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology