Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लमजुङको दोर्दी खोला बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

लमजुङको दोर्दी खोला बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७८ शुक्रवार • १०:०८:२० बजे
  • 733
    SHARES
  • लमजुङको दोर्दी खोला बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

    लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो ।

    images

    निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२।५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङदी ४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण पूरा नहुँदा निर्माण सकेपनि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन ।

    दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

    उक्त आयोजना कूल ९ अर्ब लागतमा निर्माण हुनेछ । २७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएपनि भूकम्प, नाकावन्दी र बाढिका कारण विद्युत उत्पादनमा ढिलाई भएको हो । आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

    आयोजना कुल ४ अर्ब लगानीमा निर्माण भएको हो । लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परिक्षणको चरणमा छ । यो आयोजना करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।

    आयोजना ०७५ मंसीरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि भुकम्प, बाढी र कोभीडका कारण विद्युत उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी १ (१२.५ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

    झन्डै २ अर्ब ५० करोड लागतमा निर्माण गरीने सो आयोजना ०७७ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण निर्माण थकेलिएको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ ।

    प्रवर्द्क छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत उत्पादन हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology