नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ।
गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ ।
बिहीबार राती ठमेलबाट उनलाई महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बमउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बमसँग नजिकको सम्बन्ध रहेको भनिएका डन चरी भने प्रहरीको इन्काउन्टरमा केही वर्षअघि मारिइसकेका छन्।