Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्छ:ओली

आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १०:१९:५४ बजे
  • 1.1K
    SHARES
  • आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्छ:ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् ।

    images

    उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,“एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।”

    अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो ।

    एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोक कल्याणकारी कार्यका लागि देशका अन्य राजनीतिक दलहरुभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाए ।

    आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गरे । उनले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताए ।

    ओलीले भने,“अहिले पनि एमाले देशको सबैभन्दा ठुलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी बन्ने छ ।” उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा संगठित हुन आह्वान गरे ।

    एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # बहुमतको सरकार बन्छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology