Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले दुई तिहाइको उल्टो दुई-तीन सिट जित्छ : झलनाथ खनाल

एमालेले दुई तिहाइको उल्टो दुई-तीन सिट जित्छ : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १३:४१:०१ बजे
  • 1.4K
    SHARES
  • एमालेले दुई तिहाइको उल्टो दुई-तीन सिट जित्छ : झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे ।

    images

    काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भने, ‘दुई तिहाइको ठीक उल्टो दुई/तीन सिट जित्न सक्छ ।’

    उनले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गरे । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ ।

    यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने उनको भनाइ छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना (एमसीसी) उदाङ्गिएको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology