Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा एयरपोर्टको चाबी आज हस्तान्तरण हुँदै

पोखरा एयरपोर्टको चाबी आज हस्तान्तरण हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १३:४६:३४ बजे
  • 1.0K
    SHARES
  • पोखरा एयरपोर्टको चाबी आज हस्तान्तरण हुँदै

    निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

    images

    विमानस्थलको काम ९३ प्रतिशत मात्रै पूरा भएको छ । अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्न लागेको हो ।

    त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ । विदेशमन्त्री यीले काठमाडौँमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए ।

    ‘सिम्बोलिक रुपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होइन, काम निरन्तर चल्छ,’ उनले भने, ‘सिभिल तर्फका काम करिब पूरा भैसकेको छ ।

    चाबी हस्तान्तरणपछि काम रोकिने भन्ने होइन ।’ चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो ।

    यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो । विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्ययन मन्त्री प्रेम आले पोखरा एयरपोर्ट आउने छन् ।

  • सम्बन्धित विषय:

  • # पोखरा एयरपोर्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology