Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १४:००:०१ बजे
  • 859
    SHARES
  • छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश

    छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ ।

    images

    समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्। सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’

    ट्वीटरमा यस घटनासँग सम्बन्धित समाचार साझा गर्दै स्वास्थ्यमन्त्रीले लेखेका छन्, ‘यो तस्बिरमा देखिएका दृश्यहरु दुर्भाग्यपूर्ण छन् र सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ ।’

    शव देखिएपछि उनलाई पनि अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरेका छन् । समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएको जनाएको छ ।

    अस्पताल पुर्‍याउने क्रममा बालिकाको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल पुगेपछि उपचार सुरु गरिएको तर बालिकालाई बचाउन नसकेको स्वास्थ्य अधिकारीहरूको दाबी छ । बालिकाको साँझ करिब ७ः ३० बजे मृत्यु भएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए ।

    बालिकाका लागि शववाहन बोलाइएको थियो । तर साढे ९ बजेसम्म गाडी अस्पताल पुग्दा बालिकाका बुवाले शव लिएर हिँडिसकेका थिए ।

  • सम्बन्धित विषय:

  • # छानबिनको आदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology