Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गायिका अमृता श्रीपाल द्वारा क्यान्सर पीडित दिदीको उपचारका लागि आर्थिक सहयोगको अपिल

गायिका अमृता श्रीपाल द्वारा क्यान्सर पीडित दिदीको उपचारका लागि आर्थिक सहयोगको अपिल

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र १२, २०७८ शनिवार • १५:३०:४९ बजे
  • 3.5K
    SHARES
  • गायिका अमृता श्रीपाल द्वारा  क्यान्सर पीडित  दिदीको उपचारका लागि  आर्थिक सहयोगको अपिल

    लोकदोहोरी गायिका अमृता श्रीपालले आफ्नी क्यान्सर पीडित दिदि मिना बि.क सुनारको उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छिन ।

    images

    3A7A2457-33AB-4F11-BD3E-42D3B1DE163A.jpeg
    बेनी
    नगरपालिका-२, जामरुककोटकी ३२ वर्षीय मिना बि.क सुनार बिगत २ वर्षदेखि घाँटीमा क्यान्सर(NHL Lymhoma) बाट ग्रसित भएकी छिन । उनको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक सहयोगको याचना गरिएको हो ।

    बिगत २ बर्षदेखि वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहेकी मिनाको उपचारमा हालसम्ममा करिब ३० लाख खर्च भईसकेको र थप उपचारको लागि अझै ठुलो रकमको आवश्यक रहेको श्रीपालले बताएकी छिन।

    उनले भनिन 'दिदी बिरामीको कारण हामी आफूमा जे जति पीडा भए पनि बाहिर हासी खुशी जस्तो भएरै करिब २ बर्ष  सम्म आफू सङ्ग भएको केही नगद र सर सापटले सम्म नपुगी भएको जग्गा जमिनसहित बैंकमा धितो राखेर उपचार गर्यौ तर ठिक भयो भनेर चिकित्सकले घर पठाएको बिरामी फेरि ६महिना पछिको फ्लोअपमा जादा चिकित्सकले सङ्खा  गरेपछि PET scan गरेर हेर्दा पुनः त्यही समस्या देखियो' ।


    'यो खराब रिपोर्ट सङ्गै दिदी पुर्ण रुपमा निको हुने कुरामा सङ्खा लाग्न थाल्यो र थप उपचारको लागि  आर्थिकको सङ्कट समेत पर्यो । हामिलाई यो पनि राम्रो संग थाहा छ। बिस्वभरी कोरोनाको माहामारिले व्यापार ब्यबसाय र बैदेशिक रोजगार अन्त्यन्तै कमजोर छ । सबै मानिसहरु आर्थिक समस्यामा हुनुहुन्छ र पनि दिदीलाई समय मै अलि राम्रो अस्पतालमा लगेर थप उपचार गरि पहिलाकै अबस्थामा ल्याउन सकिन्छ कि भनेर 'मर्न भन्दा बौउलाउन बेस' भनेझै, सामाजिक संजाल मार्फत देश तथा बिदेशमा रहनु हुने मनकारी व्यक्तित्व, संघ-सस्था तथा सम्पूर्ण नेपाली दाजुभाई तथादिदीबहिनीहरुमा आर्थिक सहयोगको अपिल गरेका हौ ।आसा छ, सबैले सक्दो सहयोग गर्नु हुनेछ र दिदीको जीवन रक्षा हुनेछ' ।

    यदी तपाईहरु पनि क्यान्सर पीडित मिनाको लागि आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने निम्न ब्यक्तिलाई सम्पर्क गर्न सक्नुहुने छ ।

    अमृता श्रीपाल (बहिनी)

    मोबाईल न: 9805287559

    बैंक खाताको नाम :  Jibana bk A/C No 3507010013719 (Globle IME Bank)

    Yam prasad Bishwokarma (भिनाजु)

    मोबाईल न: 9847642452

    A/C No 118000000570B (NCC Bank)

    साथै बिदेशमा रहनु हुनेहरुले सजिलो र छिटोको लागी Gofundme मार्फत आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।

    थप जानकारिको लागी वडा अध्यक्ष हिरा बहादुर थापा बेनपा-२, जामरुककोट 9857627379,

    वडा अध्यक्ष पदम पुन बेनपा-३, भकिम्ली 9857640521

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology