Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न: एमाले र माओवादी भोलि मिलिदियो भने के गर्ने ?

गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न: एमाले र माओवादी भोलि मिलिदियो भने के गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १७:१४:४४ बजे
  • 886
    SHARES
  • गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न: एमाले र माओवादी भोलि मिलिदियो भने के गर्ने ?

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ?

    images

    भनेर प्रश्न गरेका छन् । पाँच दलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान राख्दै आएको र पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढिरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

    बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए ।

    ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि लागिपर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ?

    फेरि पार्टीलाई हराउने ?’ विगतमा काँग्रेस पार्टीले पराजय भोग्नुपरेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनका विपक्षी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology