Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाल र चीनबीच नौबुँदे समझदारी

नेपाल र चीनबीच नौबुँदे समझदारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७८ शनिवार • १८:३०:५५ बजे
  • 1.1K
    SHARES
  • नेपाल र चीनबीच नौबुँदे समझदारी

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ ।

    images

    शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो । समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् ।

    शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माणका विषयमा समझदारी भएको छ ।

    त्यस्तै नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ । सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच दुईपक्षिय सम्बन्धमा विषयमा छलफल भएको थियो ।

    परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

    विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहेको उपस्थितिपनि परहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नौबुँदे समझदारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology